+977 9851421456
न्यायिक उपकरण

नेपाल कोर्ट फि क्यालकुलेटर

मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा ६९ र अनुसूची १० बमोजिम दावी बिगोको आधारमा लाग्ने अदालती दस्तुरको हिसाब।

उदाहरण: रु. ३०,००,००० (३० लाख) वा 3000000

नेपालमा कोर्ट फि सम्बन्धी कानूनी व्यवस्था र स्ल्याबहरू

देवानी मुद्दा दायर गर्दा वादीले दावी गरेको बिगो रकमको आधारमा अदालतमा धरौटी वा दस्तुर बुझाउनुपर्ने कानूनी व्यवस्था छ। मुलुकी देवानी कार्यविधि संहिता २०७४ अनुसारका स्ल्याबहरू निम्नानुसार छन्:

दावी बिगो रकमअदालती दस्तुरको दर
पहिलो रु. २५,००० सम्मएकमुष्ट रु. ५००
त्यसपछिको रु. २५,००० सम्म (रु. २५,००१ देखि ५०,०००)बढी भएको रकमको ५%
त्यसपछिको रु. ५०,००० सम्म (रु. ५०,००१ देखि १,००,०००)बढी भएको रकमको ३.५%
त्यसपछिको रु. ४,००,००० सम्म (रु. १,००,००१ देखि ५,००,०००)बढी भएको रकमको २%
त्यसपछिको रु. २०,००,००० सम्म (रु. ५,००,००१ देखि २५,००,०००)बढी भएको रकमको १.५%
रु. २५,००,००० भन्दा माथिको बाँकी रकममाबाँकी रकमको १%

जानकारी: पुनरावेदन गर्दा वा फैसला कार्यान्वयनमा जाँदा छुट्टै अदालती दस्तुर लाग्न सक्दछ। बन्दीप्रत्यक्षीकरण तथा केही सार्वजनिक सरोकारका रिट निवेदनहरूमा कोर्ट फि लाग्दैन।