+977 9851421456

गोपनीयता नीति (Privacy Policy)

१. ग्राहकको गोपनीयता र कानूनी विशेषाधिकार

हिमाल कानूनी सेवामा ग्राहकको विवरणको गोपनीयता सर्वोच्च प्राथमिकतामा रहन्छ। कानून व्यवसायी परिषद् ऐन २०४९ तथा कानून व्यवसायी आचारसंहिता अनुसार ग्राहकले उपलब्ध गराएका सम्पूर्ण कागजात र सूचना पूर्ण गोप्य राखिन्छ।

२. व्यक्तिगत विवरण संकलन

हाम्रो वेबसाइटको सम्पर्क फाराम वा प्रत्यक्ष फोन/इमेल मार्फत स्वेच्छिक रूपमा पठाइएका नाम, ठेगाना, फोन र मुद्दाको विवरण मात्र परामर्श प्रयोजनका लागि संकलन गरिन्छ।

३. तेस्रो पक्षलाई विवरण हस्तान्तरण नगरिने

कुनै पनि ग्राहकको व्यक्तिगत तथा मुद्दा सम्बन्धी विवरण व्यावसायिक प्रयोजनका लागि तेस्रो पक्षलाई बिक्री वा वितरण गरिँदैन।