+977 9851421456
कार्यक्षेत्र

हाम्रा कानूनी कार्यक्षेत्र तथा सेवाहरू

नेपाली कानून र अदालती प्रक्रिया अनुसार देवानी, फौजदारी र व्यावसायिक मुद्दाहरूमा प्रभावकारी बहस पैरवी।

सम्पत्ति तथा घरजग्गा कानून
मुख्य विशिष्टता

सम्पत्ति तथा घरजग्गा कानून

हामी जग्गा विवाद, स्वामित्व प्रमाणीकरण, र पैतृक सम्पत्ति अंशबन्डाका मुद्दाहरूमा नेपालभर परिचित छौं।

पारिवारिक तथा वैवाहिक कानून
मुख्य विशिष्टता

पारिवारिक तथा वैवाहिक कानून

कोर्ट म्यारिज, सम्बन्ध विच्छेद, सन्तानको हेरचाह, मानाचामल, र अंशबन्डामा संवेदनशील र विशेषज्ञ सेवा।

बौद्धिक सम्पत्ति कानून
मुख्य विशिष्टता

बौद्धिक सम्पत्ति कानून

हामी ट्रेडमार्क, प्रतिलिपि अधिकार (Copyright), र पेटेन्ट दर्ता तथा संरक्षणमा विशेष सेवा प्रदान गर्दछौं।

करार कानून

करार कानून

मुलुकी देवानी संहिताको भाग ५ अनुसार करार मस्यौदा, यथावत परिपालना (Specific Performance), र दुष्कृति (Torts) सम्बन्धी मुद्दा।

वाणिज्य तथा कम्पनी कानून

वाणिज्य तथा कम्पनी कानून

कम्पनी दर्ता, प्रबन्धपत्र/नियमावली मस्यौदा, र वाणिज्य सम्झौता तथा मुद्दाहरूमा पूर्ण कानूनी सेवा।

फौजदारी प्रतिरक्षा तथा संवैधानिक कानून

फौजदारी प्रतिरक्षा तथा संवैधानिक कानून

फौजदारी प्रतिरक्षा, धरौटी बहस, र उच्च तथा सर्वोच्च अदालतमा रिट निवेदनहरूमा प्रभावकारी वकालत।

भ्रष्टाचार निवारण तथा विशेष अदालत मुद्दा

भ्रष्टाचार निवारण तथा विशेष अदालत मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) र विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दाहरूमा विशेष प्रतिरक्षा।

लागूऔषध नियन्त्रण कानून

लागूऔषध नियन्त्रण कानून

लागूऔषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत सेवन र ओसारपसार सम्बन्धी मुद्दाहरूमा प्रमाणमा आधारित प्रतिरक्षा।

पूर्ण कानूनी विश्लेषण

प्रत्येक कार्यक्षेत्रको विस्तृत कानूनी विवरण

कार्यक्षेत्र ०1

सम्पत्ति तथा घरजग्गा कानून

समर्पित पृष्ठ खोल्नुहोस्
सम्पत्ति पारिवारिक विरासत र आर्थिक स्थिरताको मुख्य आधार हो। हिमाल कानूनी सेवाले मुलुकी देवानी संहिता २०७४ को भाग ४ मा तीन दशकभन्दा बढीको अभ्यास गरेको छ। वरिष्ठ अधिवक्ता सनद देवकोटाको नेतृत्वमा हामी स्वामित्व र भोग दाबी, जग्गा अतिक्रमण र सीमा विवाद, गुठी दर्ता तथा विवाद, हालैदेखिको र शेषपछिको बकसपत्र, मालपोतमा स्वामित्व खोजी, धितो बन्धक तथा अंशबन्डा र घरबहाल सम्झौता मस्यौदामा उच्च स्तरीय कानूनी सेवा प्रदान गर्दछौं।
कार्यक्षेत्र ०2

पारिवारिक तथा वैवाहिक कानून

समर्पित पृष्ठ खोल्नुहोस्
हामी पारिवारिक कानूनलाई आधुनिक अधिकार र मानवीय सम्बन्धको दृष्टिबाट हेर्छौं। मुलुकी देवानी संहिता २०७४ अनुसार कोर्ट म्यारिज दर्ता, आपसी सहमति वा विवादित सम्बन्ध विच्छेद, मानो छुट्टिएको लिखत (न्यायिक पृथकता), धर्मपुत्र/धर्मपुत्री (Adoption), अंशबन्डा र अपुताली सम्बन्धी मुद्दाहरूमा हामी संवेदनशील तथा प्रभावकारी कानूनी प्रतिनिधित्व प्रदान गर्दछौं।
कार्यक्षेत्र ०3

बौद्धिक सम्पत्ति कानून

समर्पित पृष्ठ खोल्नुहोस्
व्यावसायिक पहिचान र नवप्रवर्तनको सुरक्षाका लागि हामी उद्योग विभागमा ट्रेडमार्क दर्ता, उजुरी, प्रतिलिपि अधिकार संरक्षण, पेटेन्ट दर्ता, र बौद्धिक सम्पत्ति चोरी विरुद्धको मुद्दाहरूमा कानूनी सहयोग गर्दछौं।
कार्यक्षेत्र ०4

करार कानून

समर्पित पृष्ठ खोल्नुहोस्
मुलुकी देवानी संहिता २०७४ को भाग ५ अन्तर्गत वाणिज्य तथा विशेष करार मस्यौदा, जमानत, धरौटी, एजेन्सी, घरबहाल सम्झौता, करारको यथावत परिपालना (दफा ५४०), अनुचित समृद्धि (Unjust Enrichment) र दुष्कृति (Torts) सम्बन्धी मुद्दाहरूमा हामी विशेषज्ञ कानूनी सेवा प्रदान गर्दछौं।
कार्यक्षेत्र ०5

वाणिज्य तथा कम्पनी कानून

समर्पित पृष्ठ खोल्नुहोस्
कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता, विदेशी लगानी (FDI), प्रबन्धपत्र र नियमावली (MOA/AOA) लेखन, साधारण सभा (AGM) संचालन, एक्जिम कोड (EXIM Code), शेयरधनी विवाद र कम्पनी खारेजीसम्मका सम्पूर्ण व्यावसायिक कानूनी सेवाहरू हामी प्रदान गर्दछौं।
कार्यक्षेत्र ०6

फौजदारी प्रतिरक्षा तथा संवैधानिक कानून

समर्पित पृष्ठ खोल्नुहोस्
हामी फौजदारी मुद्दाहरूमा निर्दोषिताको अनुमानको सिद्धान्तमा आधारित भई अनुसन्धानदेखि धरौटी बहस, सजाय निर्धारण र अन्तिम फैसलासम्म सशक्त प्रतिरक्षा गर्दछौं। साथै नेपालको संविधानको धारा १३३ र १४४ अन्तर्गत बन्दीप्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध र अधिकारपृच्छा जस्ता रिट निवेदनहरूमा सर्वोच्च तथा उच्च अदालतमा सशक्त बहस पैरवी गर्दछौं।
कार्यक्षेत्र ०7

भ्रष्टाचार निवारण तथा विशेष अदालत मुद्दा

समर्पित पृष्ठ खोल्नुहोस्
भ्रष्टाचार निवारण ऐन २०५९ र विशेष अदालत ऐन २०५९ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) को छानबिन, गैरकानूनी सम्पत्ति आर्जन, रिसवत, नक्कली शैक्षिक प्रमाणपत्र, सार्वजनिक खरिद तथा राजस्व चुहावटका मुद्दाहरूमा विशेष अदालत र सर्वोच्च अदालतमा हामी अनुभवी बहस पैरवी प्रदान गर्दछौं।
कार्यक्षेत्र ०8

लागूऔषध नियन्त्रण कानून

समर्पित पृष्ठ खोल्नुहोस्
लागूऔषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत व्यक्तिगत सेवन र कारोबार/ओसारपसार बीचको कानूनी भिन्नता स्थापित गर्दै खानतलासी प्रक्रिया, बरामद परिमाण, धरौटी बहस, सुधार गृह पठाउने व्यवस्था (दफा १९क) र सजाय छुटका लागि हामी ३५ वर्षको अदालती अनुभवका साथ प्रतिरक्षा गर्दछौं।